Highlights

युएईले हय्या कार्डधारकहरूलाई मल्टिपल ईन्ट्री भिसा दिने

संयुक्त अरब इमिरेट्स (युएई) ले हय्या कार्ड भएका व्यक्तिहरूलाई मल्टिपल ईन्ट्री  भिसा दिने घोषणा गरेको छ। सबै हय्या कार्डधारकहरूले भिसा जारी भएको मितिदेखि ९० दिनसम्म युएईमा प्रवेश गर्न र बस्न सक्ने युएई सरकारले बताएको छ । साथै भिसा थप ९० दिनका लागि लम्ब्याउन सकिने पनि बताएको छ । भिसाका लागि एक सय दिर्हाम शुल्क लाग्नेछ […]

युएईले हय्या कार्डधारकहरूलाई मल्टिपल ईन्ट्री भिसा दिने Read More »

कतारमा कोरोना संक्रमितको संख्या पुनः घट्यो (अगष्ट २२ -अगष्ट २८ सम्मको कोभिड १९ रिपोर्ट)

जनस्वास्थ्य मन्त्रालयको साप्ताहिक स्थिति प्रतिवेदन अनुसार कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता पुन: केही घटेको छ । पछिल्लो सात दिनमा कुनै पनि मृत्युको रिपोर्ट भएको छैन् । अगष्ट २९ सोमबार प्रकाशित भएको प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ३९ यात्रुसहित समुदायमा सङ्क्रमितको सङ्ख्या ५४५ रहेको छ । केसहरू दैनिक औसत केसहरू (समुदाय) : ४८८ दैनिक औसत

कतारमा कोरोना संक्रमितको संख्या पुनः घट्यो (अगष्ट २२ -अगष्ट २८ सम्मको कोभिड १९ रिपोर्ट) Read More »

उम सलाल स्वास्थ्य केन्द्रले २४ सै घण्टा बाल चिकित्सा तत्काल हेरचाह सेवा सुरु गर्यो

प्राइमरी हेल्थ केयर कर्पोरेशन उम सलाल स्वास्थ्य केन्द्रले २४ सै घण्टा बाल चिकित्सा तत्काल हेरचाह क्लिनिक सुरु गरेको छ र थप स्वास्थ्य केन्द्रहरूले पनि चाँडै २४ सै घण्टा सामान्य तत्काल हेरचाह सेवाहरू प्रदान गर्ने प्राइमरी हेल्थ केयर कर्पोरेशनले जानकारी गराएको छ ।  उम सलाल स्वास्थ्य केन्द्र, देशभरका २८ पिएचसिसि स्वास्थ्य केन्द्रहरू मध्ये एक स्वास्थ्य केन्द्र

उम सलाल स्वास्थ्य केन्द्रले २४ सै घण्टा बाल चिकित्सा तत्काल हेरचाह सेवा सुरु गर्यो Read More »

हमाद मेडिकल कर्पोरेशनले अनलाइन अपोइन्टमेन्ट रिफर सवमिसन प्रणाली सुरू गर्यो

हमाद मेडिकल कर्पोरेशन (एचएमसी) मा विशेष जाँच तथा हेरचाहका लागि निजी क्लिनिकहरूबाट रिफर भएका बिरामीहरूले अब अनलाइन मार्फत अपोइन्टमेन्ट बुक गर्न सक्छन्। नयाँ भर्चुअल प्रणाली अन्तर्गत, निजी क्लिनिकहरूबाट रिफर भएका बिरामीहरूले अब उनीहरूको रिफर कागज लिएर भौतिक रूपमा हमाद मेडिकल कर्पोरेशनमा जान नपर्ने भएको छ । बिरामीहरूले अब अपोइन्टमेन्ट प्राप्त गर्न आफ्नो रिफर कागज अनलाइन

हमाद मेडिकल कर्पोरेशनले अनलाइन अपोइन्टमेन्ट रिफर सवमिसन प्रणाली सुरू गर्यो Read More »

अलिभ सुनो रेडियो नेटवर्कलाई फोकस ईन्टरनेशनलका तर्फबाट मायाको चिनो

फोकस ईन्टरनेशनलले “आशा नमार्नु, मानसिक स्वास्थ्य र कल्याण सचेतना” अभियानमा सक्रिय सहभागिता र सहयोग गरेको भन्दै अलिभ सुनो रेडियो नेटवर्कलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ ।

अलिभ सुनो रेडियो नेटवर्कलाई फोकस ईन्टरनेशनलका तर्फबाट मायाको चिनो Read More »

कतारमा कोरोना संक्रमितको संख्या घट्दै (अगष्ट १५-अगष्ट २१ सम्मको कोभिड १९ रिपोर्ट)

जनस्वास्थ्य मन्त्रालयको साप्ताहिक स्थिति प्रतिवेदन अनुसार कतारमा कोरोना संक्रमितको संख्या यो हप्ता पुन: केही घटेको छ । पछिल्लो सात दिनमा कुनै पनि मृत्युको रिपोर्ट भएको छैन् । । अगष्ट २२ सोमबार प्रकाशित भएको प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ६३ यात्रुसहित समुदायमा सङ्क्रमितको सङ्ख्या ५८४ रहेको छ । केसहरू दैनिक औसत केसहरू (समुदाय) : ५३२ दैनिक

कतारमा कोरोना संक्रमितको संख्या घट्दै (अगष्ट १५-अगष्ट २१ सम्मको कोभिड १९ रिपोर्ट) Read More »

आन्तरिक मामिला मन्त्रालय, कतारले स्कूल बसमा सुरक्षा उपायहरू अपनाउन आग्रह गर्यो

आन्तरिक मामिला मन्त्रालय, कतारले बालबालिकालाई स्कूल बसहरूमा सुरक्षाका उपायहरू पालना गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। मन्त्रालयले ट्वीटरमा ट्वीट गर्दै भन्यो, “बालबालिका विद्यालय जाने र फर्किने क्रममा उनीहरूको सुरक्षा सुनिश्चित गर्न  कृपया उनीहरूलाई आवश्यक सुरक्षा उपायहरू बारे सचेत गराउनुहोस्। उनीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो,” आन्तरिक मामिला मन्त्रालयले बस चालकले देख्न सक्ने सुरक्षित क्षेत्रमा बसको लागि पर्खन,

आन्तरिक मामिला मन्त्रालय, कतारले स्कूल बसमा सुरक्षा उपायहरू अपनाउन आग्रह गर्यो Read More »

‘श्रमिकसंग श्रम मन्त्री” कार्यक्रम

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले “श्रमिकसंग श्रम मन्त्री” कार्यक्रम सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल र मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका बारेमा जानकारी, उजुरी, गुनासो लगायतका विषयमा प्रत्यक्ष रुपमा सरोकारवालासंग साक्षात्कार गराउने उद्देश्यले भदौ ५ गते आईतबार देखि श्रमिकसंग श्रम मन्त्री कार्यक्रम सञ्चालनमा आएको छ ।

‘श्रमिकसंग श्रम मन्त्री” कार्यक्रम Read More »

अश्घालले ५४१ विद्यालय वरिपरि सडक सुरक्षा कार्य पूरा गर्यो

सार्वजनिक निर्माण प्राधिकरण (Ashghal) ले राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत विद्यालयहरूमा गरिएका कामलाई हाइलाइट गरेको छ। राजमार्ग सञ्चालन र मर्मतसम्भार खण्डका प्रमुख हसन अलहमादीले भने, “अश्घालले सधैं विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन्छ। हामीले २०१३ मा १० विद्यालयहरूबाट सुरु गर्यौं र आज हामीले राष्ट्रिय सडक सुरक्षा रणनीतिको भागको रूपमा ५४१ विद्यालयहरूमा काम पूरा गरेका छौं।” अश्घालले

अश्घालले ५४१ विद्यालय वरिपरि सडक सुरक्षा कार्य पूरा गर्यो Read More »

राहदानी आवेदकहरुलाई राहदानी लिन आउन दूतावासको सूचना

विभिन्न मितिमा आवेदन फारम बुझाएका मध्ये १,७८८ जनाको ई-पासपोर्ट तयार भई आएको बारे कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ । पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज अगष्ट २१ तारिखमा एक सूचना प्रकाशित गर्दै जानकारी गराएको हो 

राहदानी आवेदकहरुलाई राहदानी लिन आउन दूतावासको सूचना Read More »