द हाय्या टु कतार २०२२ मोबाइल एपले उत्कृष्ट मोबाइल एपको लागि मेना डिजिटल अवार्ड २०२२ स्वर्ण पुरस्कार प्राप्त गरेको छ। सुप्रिम कमिटी अफ डिलिवरी एण्ड लिगेसी (एस. सि.) द्वारा विकसित गरिएको मोबाइल एप लगभग ३ .४ मिलियन टिकट फ्यानहरूका लागि जानकारीको केन्द्रबिन्दु रहेको थियो, जसमा १४ लाख विदेशी आगन्तुकहरू पनि थिए।
स्टेडियमहरूमा पहुँच प्रदान गर्नुका साथै, हाय्या टु कतार २०२२ मोबाइल एपले टुर्नामेन्ट आयोजकहरूद्वारा प्रवर्द्धन गरिएका प्रमुख घटनाहरू एवं स्थलचिन्हहरूको विवरणहरू उपलब्ध गराएको छ। मोबाइल एपले दर्शकहरूको लागि एक एकीकृत प्रयोगकर्ता डिजिटल अनुभव सिर्जना गर्न आधिकारिक tournament host country वेबसाइटसँग मिलेर काम गरेको थियो ।
सुप्रिम कमिटी अफ डिलिवरी एण्ड लिगेसी, का कार्यकारी निर्देशक मोहम्मद अबुगलाको लागि, हाय्या टु कतार २०२२ मोबाइल एपले मेगा खेलकुद घटनाहरूमा डिजिटल उपकरणहरूले खेल्ने भूमिकामा नयाँ मानक सेट गरेको बताउनु भएको छ । संयुक्त अरब इमिरेट्स, दुबईमा आयोजित विशेष समारोहमा अबुअग्लाले एससीका हाय्या अपरेशन निर्देशक सईद अल कुवारी सँगै अवार्ड प्राप्त गर्नुभएको हो ।
“हाय्या टु कतार २०२२ मोबाइल एप मार्फत, हामीले लाखौं दर्शकहरूलाई सिमलेस डिजिटल अनुभव प्रदान गर्न सक्षम भयौं, जसमध्ये धेरैले पहिलो पटक कतार र क्षेत्र भ्रमण गरेका थिए। प्लेटफर्म जानकारीमूलक मात्र नभएर, यसले विभिन्न राष्ट्रिय सरोकारवालाहरूलाई अभूतपूर्व तरिकामा एकसाथ ल्याउने सेवाहरूको मुख्य सेट पनि प्रदान गर्यो ” अबुगलाले बताउनुभयो ।