‘हय्या वीथ मी’ फिचरबाट अब खेलको टिकट नभएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई बोलाउन सकिने, कसरी अप्लाई गर्ने त?

‘हय्या वीथ मी’ फिचरबाट अब खेलको टिकट नभएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई बोलाउन सकिने भएको छ।

‘हय्या वीथ मी (१+३)’ फिचरले अन्तर्राष्ट्रिय हय्या कार्ड धारकहरूलाई नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकपमा सहभागी हुन तीन जनासम्म टिकट नभएका फ्यानहरूलाई आमन्त्रित गर्न अनुमति दिन्छ। फिफा विश्वकप टिकट नम्बर प्रयोग गरेर आवेदन दिएका १८ वर्ष वा माथिका स्वीकृत हय्या कार्ड धारकहरूलाई मात्र यो सुविधा लागू हुन्छ।

‘हय्या वीथ मी (१+३)’ भौचर अप्लाई गरेका टिकट नभएका व्यक्तिहरु जुनसुकै उमेरका हुन सक्छन्। उनीहरुसँग राहदानी भने हुनु पर्छ । तर कतार आईडी धारक हुनु हुदैन् ।

प्रत्येक ‘हय्या वीथ मी (१+३)’ आवेदकले ५०० रियाल शुल्क तिर्नुपर्ने हुन्छ। १२ वर्ष मुनिका बालबालिकाले भने शुल्क तिर्नु पर्दैन् ।

‘हय्या वीथ मी (१+३)’ सुविधाको फाइदा लिनको लागि  हय्या कार्ड स्वीकृत भएकाहरुले निम्न चरणहरू पालना गर्नुपर्छ:

  • ‘माई हय्या’ छान्नुहोस् र ‘एक्सन’ अप्सनमा क्लिक गर्नुहोस् ।
  • ‘हय्या वीथ मी’ छान्नुहोस् ।
  • हय्या होल्डरले ३ वटा भौचर देख्नुहुन्छ ।
  • र ती भौचर कोडहरू टिकट नभएका आवेदकहरूलाई दिइनु पर्ने हुन्छ ।

त्यसपछि ‘हय्या वीथ मी (१+३)’ आवेदकले यी चरणहरू पालना गर्नुपर्छ:

  • ‘अप्लाई फर हय्या’ कार्डमा जाने ।
  • त्यसपछि ‘एप्लिकेन्ट केटेगरी’ मा गएर ‘हय्या वीथ मी भौचर’ छान्ने ।
  • भौचर कोड टाईप गर्ने ।
  • त्यसपछि ‘भेलिडेट माई भौचर’मा क्लिक गर्ने ।
  • अन्तिममा ‘एसेप्ट, टर्मस र सब्मीट’मा क्लिक गर्ने ।

MORE FROM RADIO SUNO