फिफा विश्वकप कतारको टिकट भएकाहरूले टिकट नभएका तीनजना साथी वा आफन्तहरूलाई ल्याउन आफ्नो हय्या कार्डमा लिंक गर्न सक्नेछन्। यसले उनीहरूलाई कतार प्रवेश गर्न र फिफा विश्वकप कतार २०२२ को वातावरणको आनन्द लिन अनुमति दिने सुप्रीम कमिटी फर डेलिवरी र लिगेसीका महानिर्देशक इन्जिनियर यसिर अल जमालले पत्रकार सम्मेलनमा बताए।
“हामी १+३ को नीति लागू गर्नेछौं जसमा प्रतियोगिताको समूह चरण (नोभेम्बर २० देखि डिसेम्बर ०६, २०२२) को अवधिमा विश्वकपको टिकट भएकाले आफ्नो हय्या कार्डलाई टिकट नभएका तीन जनालाई लिङ्क गर्न सक्नेछन्। ताकि उनीहरु कतार प्रवेश गर्न सकून्”, उनले भने ।
यसअघि विश्वकपका बेला कतारी नागरिक, कतारी बासिन्दा र हय्या कार्ड भएकाहरु मात्र कतार प्रवेश गर्न पाउने भनिएको थियो ।