हय्या कार्ड धारकहरूलाई छिट्टै प्रवेश अनुमति दिने

कतार २०२२ फिफा विश्वकपको टिकट बुक गरेका र हय्या कार्ड लिएका अन्तर्राष्ट्रिय फ्यानहरूलाई इमेल मार्फत कतार देशमा प्रवेशका लागि छिट्टै अनुमति दिने भएको छ। कतारले नोभेम्बरको सुरुदेखि हय्या कार्ड धारकहरूलाई प्रवेश दिनेछ।

अली बिन हमाद अल अत्तियाह एरिना र दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिईसीसी) मा हय्या कार्डका लागि दुई केन्द्रहरू खोलिएका छन्। डिईसीसी हय्या कार्ड केन्द्र ८० वटा स्टलहरू सहितको ठूलो केन्द्र हुनेछ, जसले हय्या कार्डसँग सम्बन्धित सेवा दिनेछ।

MORE FROM RADIO SUNO