हय्या कार्ड धारकहरुले युएई बहुप्रवेश भिसा कसरी अप्लाई गर्ने?

युएई सरकारी मिडिया अफिसले कतारमा हुने फिफा विश्वकप २०२२ मा सहभागी हुने हय्या कार्डधारकहरूलाई युएईका लागि बहुप्रवेश भिसाको अनुमति नोभेम्बर १ बाट दिएको छ ।

हय्या कार्ड धारकहरूलाई भिसा जारी भएको मितिले ९० दिनसम्म प्रवेश र बस्न पाउने सुविधा दिइने उल्लेख गरेको छ । एकपटकको भिसाका लागि एक सय दिर्हाम शुल्क लाग्नेछ । साथै भिसा थप ९० दिनका लागि लम्ब्याउन सकिने पनि छ ।

आवेदनका लागि चाँहिने कागजातहरु यस प्रकार रहेको छ :

  • राहदानीको कपी
  • रंगिन फोटो
  • हय्या कार्डको कपी
  • मेडिकल बिमाको कपी

बहुप्रवेश भिसा कसरी अप्लाई गर्ने ?

  • www.icp.gov.ae वेब पोर्टलमा जाने ।
  • त्यसपछि “स्मार्ट च्यानल” लिंक किल्क गर्ने ।
  • मेन मेनुबाट “पब्लिक सर्भिस” मा क्लिक गर्ने ।
  • मेन मेनुको पब्लिक सर्भिसमा गएर “हय्या कार्ड होल्डर” मा क्लिक गर्ने ।
  • र अन्तिममा त्यहाँ भएको आवदेन भर्ने ।

MORE FROM RADIO SUNO