हय्या कार्डको अवधि अझ एक वर्ष थपिएको छ । आन्तरिक मन्त्रालयले देश बाहिरका हय्या कार्ड धारकहरूलाई जनवरी २४, २०२४ सम्म कतार प्रवेश गर्न र बस्न अनुमति दिइने भएको छ।
मन्त्रालयले निम्न सर्तहरू पूरा गर्नुपर्ने बताएको छ ।
- हय्या पोर्टल मार्फत स्वीकृत भएको होटेल वा साथीभाई आफन्तहरूसँग बस्ने पुष्टि भएको आवासको प्रमाण।
- कम्तिमा तीन महिना म्याद भएको पासपोर्ट ।
- कतार बस्ने अवधिसम्मको स्वास्थ्य बिमा
- हवाई टिकट (राउण्ड ट्रिप)।
यो नयाँ थप अवधिका अनुसार हय्या कार्ड होल्डरले निम्नलिखित सुविधा प्रदान गर्नेछन् ।
- “हय्या वीथ मी” फिचर प्रयोग गरेर हय्या कार्ड होल्डरले आफनो परिवारको तीन सदस्य वा साथीलाई कतार घुम्न बोलाउन सक्ने ।
- कतारमा एक भन्दा बढी प्रवेशको अनुमति ।
- कतारको सबै प्रवेशविन्दुमा (इलेक्ट्रोनिक) ई-गेटको प्रयोग गर्न पाउने ।
- शुल्क नलाग्ने ।
मन्त्रालयले यी सबै सर्तहरू फिफा विश्वकप कतार २०२२ मा लागू गरिएका सबै ह्यया कार्ड धारकहरूमा लागू हुने बताएको छ।