हमाद मेडिकल कर्पोरेसन (एचएमसी) को स्वास्थ्य सेवा हेल्पलाइन सेवाहरू विश्व कपको समयमा चौबीसै घण्टा उपलब्ध हुने

हमाद मेडिकल कर्पोरेसनले फिफा विश्वकप कतार २०२२ को समयमा स्वास्थ्य सेवाका बारेमा दर्शकहरूलाई जानकारी र गाईड गर्ने उद्देश्यले सरकारको स्वास्थ्य सेवा हेल्पलाइन सेवालाई चौबीसै घण्टा उपलब्ध गराउने भएको छ।

फुटबल फ्यानहरुले कतारको कुनै पनि निजी वा सार्वजनिक अस्पताल, मेडिकल सेन्टरहरु, क्लिनिकहरू र फार्मेसीहरूमा चिकित्सा सेवाको पहुँचका लागि १६००० मा कल गरेर निःशुल्क हेल्पलाइन पहुँच गर्न सक्नेछन्।

१६००० हेल्पलाइन सेवाहरू अरबी र अङ्ग्रेजी दुवै भाषामा सञ्चालन हुन्छन् । यसले स्वास्थ्य सेवा सुविधाहरूको स्थानहरू, चिकित्सा सहायता साथै कोभिड १९, एहतराज आवेदन, र नागरिकको चासोको विषयमा जानकारी उपलब्ध गराउनेछ ।

हय्या हटलाइन (८०० २०२२) मा कल गर्नेहरूले स्वास्थ्य सेवासँग सम्बन्धित जिज्ञासा राखे १६००० हेल्पलाइनमा स्थानान्तरण गरिनेछ । हय्या हटलाइनले अरबी, अङ्ग्रेजी, फ्रेन्च, जर्मनी, स्पेनिश, हिन्दी, पोर्चुगिज र मन्डारिनलगायत भाषाहरूमा पनि सहायता प्रदान गर्दछ।

MORE FROM RADIO SUNO