हमाद मेडिकल कर्पोरेशन (एचएमसी) मा विशेष जाँच तथा हेरचाहका लागि निजी क्लिनिकहरूबाट रिफर भएका बिरामीहरूले अब अनलाइन मार्फत अपोइन्टमेन्ट बुक गर्न सक्छन्।
नयाँ भर्चुअल प्रणाली अन्तर्गत, निजी क्लिनिकहरूबाट रिफर भएका बिरामीहरूले अब उनीहरूको रिफर कागज लिएर भौतिक रूपमा हमाद मेडिकल कर्पोरेशनमा जान नपर्ने भएको छ ।
बिरामीहरूले अब अपोइन्टमेन्ट प्राप्त गर्न आफ्नो रिफर कागज अनलाइन पेश गर्न र अपलोड गर्न सक्छन्। अपोइन्टमेन्ट रिफर साइटमा जान बिरामीहरूले QR कोड स्क्यान गर्न सकिने वा www.hamad.qa मा गएर “कन्टयाक्ट अस्” खण्डमा जान सकिने हमाद हेल्थकेयर क्वालिटी इन्स्टिच्युटका निर्देशक डा.नासेर अल नाइमीले बताए ।
अनलाइन रिफर साइटमा जान बिरामीहरूले आफ्नो स्वास्थ्य कार्ड नम्बर र रिफर कागज अपलोड गर्नुपर्ने हुन्छ । यो प्रक्रिया पूरा भएपछि बिरामीहरूले उनीहरूको रिफर प्राप्त भएको र प्रक्रियामा गएको जानकारी म्यासेज मार्फत पाउनेछन् ।
केही दिन पछि बिरामीहरूले Nesma’ak बाट भेट्ने मिति र समय कन्फर्म गर्न कल प्राप्त गर्नेछन्। बिरामीहरूले Nesma’ak लाई १६०६० मा फोन गरेर आफ्नो अपोइन्टमेन्ट फलोअप गर्न सक्नेछन् ।
श्राेत : Hamad Medical Corporation