साउदीले हय्या कार्ड धारकहरूलाई राज्यमा निःशुल्क प्रवेशको लागि इलेक्ट्रोनिक भिसा सेवा सुरु गर्‍यो

साउदी अरबको विदेश मन्त्रालयले हय्या कार्ड धारकहरूलाई कुनै शुल्क नतिरिकनै राज्य प्रवेश गर्नको लागि इलेक्ट्रोनिक भिसा प्राप्त गर्ने सेवा सुरु गरेको छ।

एक विज्ञप्ति मार्फत मन्त्रालयले आफ्नो भिसा प्ल्याटफर्ममा इलेक्ट्रोनिक सेवा सुरु गर्ने घोषणा गरेको छ । जसले फिफा विश्वकप कतार २०२२ हय्या कार्ड धारकहरूलाई साउदी अरब प्रवेश गर्न निःशुल्क भिसा प्राप्त गर्न सक्ने उल्लेख गरेको छ ।

आवेदान यो लिंक https://visa.mofa.gov.sa/Home/Index2?service_type=4 मार्फत दिन सकिन्छ ।

यसअघि, मुस्लिम हय्या कार्ड धारकहरुलाई नोभेम्बर ११ देखि डिसेम्बर १८ सम्म निःशुल्क साउदी भिसामा साउदी अरबमा उम्रह गर्न सक्ने र उनीहरु मदिनाको पवित्र शहर पनि भ्रमण गर्न पाउने बताईएको थियो ।

भिसा नि:शुल्क उपलब्ध छ तर हय्या कार्ड धारकले भिसा प्ल्याटफर्मबाट अनिवार्य चिकित्सा बीमा लिनुपर्ने एक साउदी अधिकारीले अल इखबरिया टेलिभिजन च्यानल मार्फत बताएका छन् ।

यो भिसा नोभेम्बर ११ देखि राज्य प्रवेशका लागि मान्य हुनेछ।

श्रोत : Gulf Times

MORE FROM RADIO SUNO