श्रम मन्त्रालय, कतारले नयाँ थप विद्युतीय सेवाहरु सुरु गर्यो

श्रम मन्त्रालयले डिजिटल प्लेटफर्म उत्कृष्ट बनाउन डिजिटल रूपान्तरण रणनीतिको एउटा भागको रूपमा आफ्नो डिजिटल प्लेटफर्ममा ई-सेवाहरूको नयाँ सेवाहरु सुरू गरेको छ।

नयाँ इलेक्ट्रोनिक सेवाहरूमा यी सेवाहरु समावेश भएको छ :

१) सामान्य कार्य इजाजतपत्र विस्तार गर्न अनुरोध (QID को बैधानिकता मितिको विस्तार) – Request to extend a general work license (Personal Number Extension)

२) भर्ती कार्यालय लाइसेन्सको स्थान परिमार्जन (Modify the location of the recruitment office license)

सामान्य कार्य इजाजतपत्र विस्तार मार्फत कर्मचारी कार्य अनुमति लम्ब्याउन (QIDs) अनलाईन मार्फत निवेदन दिन सकिन्छ । अनुमति स्वीकृति प्रदान पनि अनलाईन मार्फतनै हुनेछ र इलेक्ट्रोनिक रूपमा यसबारेमा सूचित पनि गरिनेछ। यसअघि मन्त्रालयमा म्यानुअल रुपमा कागजातहरु पेश गर्नुपर्ने र मन्त्रालयमा आफै जानुपर्ने हुन्थ्यो ।

भर्ती कार्यालय लाइसेन्सको स्थान परिमार्जनले श्रमिक भर्ती कार्यालयहरूलाई उनीहरूको कार्यालयको ठेगाना जानकारी अद्यावधिक गर्न अनुमति दिन्छ।

कम्पनी र व्यक्तिहरूको लागि अन्य नयाँ सेवाहरू मन्त्रालयको वेबसाइटमा उपलब्ध छन्।

श्रम मन्त्रालयले हाल आफ्नो वेबसाइटमा ५० भन्दा बढी डिजिटल सेवाहरू प्रदान गर्दछ।

MORE FROM RADIO SUNO