नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले “श्रमिकसंग श्रम मन्त्री” कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल र मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका बारेमा जानकारी, उजुरी, गुनासो लगायतका विषयमा प्रत्यक्ष रुपमा सरोकारवालासंग साक्षात्कार गराउने उद्देश्यले भदौ ५ गते आईतबार देखि श्रमिकसंग श्रम मन्त्री कार्यक्रम सञ्चालनमा आएको छ । प्रत्येक आईतबार बिहान ११ बजे देखी अपरान्ह १२ बजेसम्म नेपाल भित्र अनि नेपाल बाहिरबाट श्रम मन्त्रीसंग कुरा गर्न सकिनेछ ।
नेपाल भित्रबाट निशुल्क फोन नं ११४१ र १६६००१५००५, विदेशबाट सशुल्क फोन नम्बर ००९७७-१-५९७००८ र भाईबारबाट ००९७७-९८०१८०००१३ मा फोन गरि सहभागी हुन सकिनेछ ।