शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा विद्यार्थी दर्ता र सरुवा गर्न परिपत्र जारी गर्यो

शिक्षा तथा उच्च शिक्षा मन्त्रालय, कतारको सार्वजनिक विद्यालय मामिला विभागले शैक्षिक वर्ष २०२२/२०२३ का लागि सामुदायिक विद्यालयमा दर्ता र सरुवा गर्ने सम्बन्धमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई परिपत्र जारी गरेको छ ।

परिपत्रमा विद्युतीय दर्ता र इलेक्ट्रोनिक ट्रान्सफर प्रणाली सार्वजनिक सेवा पोर्टल – सार्वजनिक शिक्षा सेवाको लिङ्क https://eduservices.edu.gov.qa/  मार्फत अगस्ट २१, २०२२ देखि सेप्टेम्बर २९, २०२२ सम्म अभिभावक मार्फत सबै राष्ट्रियताहरूको लागि खुला हुनेछ भनेर उल्लेख गरेको छ ।

राष्ट्रिय विद्यार्थी सूचना प्रणाली (NSIS) अगस्ट २१, २०२२ देखि सेप्टेम्बर २९, २०२२ सम्म विद्यालयहरू मार्फत दर्ता गर्न र विद्यार्थीहरू ट्रान्सफर गर्न उपलब्ध हुनेछ। विद्यालय प्रशासनले राष्ट्रिय विद्यार्थी सूचना प्रणाली (NSIS) मार्फत पेश गरिएका अभिभावकहरूको इलेक्ट्रोनिक (दर्ता वा ट्रान्सफर) अनुरोधहरूको फलो अप गर्न र तिनीहरूलाई सही रूपमा प्रमाणित गर्न मन्त्रालयले जोड दिएको छ । आवेदन स्वीकृत वा अस्वीकार हुने कुरा विद्यालयले आवश्यक कागजातहरू चेकजाँच गरेपछि आवेदन पेश गरेको तीन कार्य दिन भित्र जानकारी गराउनेछ ।

श्रोत:  Ministry of Education and Higher Education 

MORE FROM RADIO SUNO