शिक्षा मन्त्रालयले विद्यार्थीलाई कम मूल्यमा स्वस्थ खाना उपलब्ध गराउने

शिक्षा तथा उच्च शिक्षा मन्त्रालय, कतारले विद्यालयका क्यान्टिनमा स्वस्थ मापदण्डसहितको पौष्टिक खाना न्युन मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई पठाईएको परिपत्रमा, मन्त्रालयले शैक्षिक वर्ष २०२२/२०२३ को लागि विद्यालय क्यान्टिनहरूमा खानेकुराको सूची तोकेको छ ।जसमा केही विद्यार्थीहरूका लागि यी क्यान्टिनहरूमा दैनिक निःशुल्क खाना उपलब्ध गराउने पनि उल्लेख गरेको छ।

मन्त्रालयले क्यान्टिनहरूले आवश्यक पोषण मापदण्डहरू पालना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै दैनिक, साप्ताहिक र निषेधित खाद्य वस्तुहरूको तीनवटा उल्लेखित विवरणहरू खानेकुराको मेनुमा समावेश गर्नु पर्ने उल्लेख गरेको छ।

यसै सन्दर्भमा मन्त्रालयले  तयारी र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मात्र विशेष परिकार, सूप र तातो पेयको सेट प्रदान गरिने बताएको छ।

श्राेत : The Peninsula

MORE FROM RADIO SUNO