वैदेशिक रोजगार विभागले दुवई र कतारका लागि बाइक राईडर र ट्याक्सी ड्राईभर पेशाको पूर्वस्वीकृति प्रदान नगर्ने

वैदेशिक रोजगार विभागले दुवई र कतारका लागि बाइक राईडर र ट्याक्सी ड्राईभर पेशाको पूर्वस्वीकृति प्रदान नगर्ने भएको छ ।

पछिल्लो समय बाइक राईडर र टयाक्सी ड्राईभर पेशामा वैदेशिक रोजगारीको लागि दुवई र कतार मुलुकमा जाने अधिकांश श्रमिकहरु समस्यामा परेको, स्वीकृत मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम विहिन भई बस्नुपरेको, अधिकांश श्रमिकहरु धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो रकम जरिवाना बुझाउनु परेको र सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धि ज्ञान र अनुभवको कमिले गर्दा दुर्घटना लगायतका समस्याहरु उजुरी तथा गुनासोहरु आईरहेकाले अर्को निर्णयसम्मको लागि सो दुई पेशामा दुवई र कतार जानका लागि पूर्वस्वीकृति प्रदान नगर्ने र सो पदहरुको मागपत्र प्रमाणीकरण नगर्नुहुन यी देशमा स्थित नेपाली राजदूतावासमा समेत अनुरोध गरेको छ ।

तर उक्त पेशामा पुरानो भिषा भएकाहरुलाई भने श्रम स्वीकृति दिइने नियम यथावतनै रहेको छ ।

MORE FROM RADIO SUNO