विश्वकप खेल टिकट नभएकाहरुले हय्या कार्डमा अन्तिम स्वीकृति प्राप्त गर्न कतार आवास एजेन्सी वा अर्को कुनै प्लेटफर्म मार्फत आवास बुक गर्नुपर्ने सुप्रिम कमिटी फर डेलिवरी एण्ड लिगेसीले जनाएको छ । २४ घण्टाको लागि मात्र आउनेले भिजिट अन म्याचडे अप्सन् रोज्न पर्ने हुन्छ । खेल हुने दिनका लागि मात्र आउनेले हय्या कार्ड स्वीकृतका लागि आवास बुक गर्नुपर्ने छैन् । विश्वकप खेल टिकट नभएका फुटबल फ्यानहरु डिसेम्बर २ देखि कतार आउन सक्छन् । यसका लागि हय्या कार्ड स्वीकृत हुन अनिवार्य आवश्यक छ ।
आवदेन दिनका लागि खेलको टिकट नभएका व्यक्तिहरुले Qatar2022.qa/Hayya मा गएर नन म्याच टिकट होल्डर क्लिक गरेर अप्लाई गर्न सक्छन् । हय्या कार्ड भएका व्यक्ति कतारमा जनवरी २३ सम्म बस्न पाउनेछन् ।