विश्वकप खेलको टिकट नभएका फ्यानलाई डिसेम्बर २ देखि कतारमा प्रवेश गर्न दिइने

विश्वकप खेलको टिकट खरिद नगरेका व्यक्ति पनि कतार घुम्न आउन पाउने आन्तरिक मन्त्रालय तथा विश्वकप सुरक्षा बलका आधिकारिक प्रवक्ता कर्नेल जबर हम्मुद जबर अल नुइमीले बताएका छन् । टिकट नभएका व्यक्ति प्रतियोगिताको समूह चरणको खेल सकिएपछि अर्थात डिसेम्बर २ देखि कतार आउन पाउनेछन् ।

टिकट नभएका व्यक्तिहरूले आजदेखि हय्या प्ल्याटफर्म वा हय्या मोबाइल एप मार्फत कतार राज्यमा प्रवेश गर्न आफ्नो हय्या कार्डको लागि आवेदन दिन सक्नेछन् ।

हय्या कार्ड भएका व्यक्ति कतारमा जनवरी २३ सम्म बस्न पाउनेछन् ।

MORE FROM RADIO SUNO