विश्वकप खेलको टिकट नभएका फ्यानहरू भोलि डिसेम्बर २, २०२२ देखि कतारमा प्रवेश गर्न पाउनेछन्।
आन्तरिक मन्त्रालयले टिकट नभएका फ्यानहरूसंग हय्या कार्ड र बुक गरिएको होटल रिजर्भेसन हुनुपर्ने बताएको छ। साथै प्रवेश शुल्क ५०० कतारी रियाल रहेको बताइएको छ । प्रवेश शुल्क १२ वर्ष र माथिका बच्चाहरुको लागी तिर्नुपर्ने हुन्छ। १२ भन्दा कम उमेरकालाई शुल्क लाग्ने छैन। फ्यानहरुले हय्या प्लेटफर्म hayya.qatar2022.qa मा आफ्नो हय्या कार्डको लागि आवेदन दिन सक्नेछन्। qatar2022.qa/book मा गएर होटल बुक गर्न सक्नेछन् ।
डिसेम्बर ३ बाट सुरु हुने राउण्ड अफ १६ नकआउट चरणको दौडान विश्वभरका फ्यानहरूले मनमोहक फुटबल वातावरणको अनुभव गर्न सक्ने भनी गत महिना नोभेम्बर ३ मा आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरिएको थियो।
हय्या कार्ड भएका व्यक्ति कतारमा जनवरी २३ सम्म बस्न पाउनेछन् ।