विश्वकपलाई सफल बनाउन कतार स्थित नेपाली दूतावासको नेपाली समुदायमा आग्रह

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेशविक्रम ढकालले यहि नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप प्रतियोगिता भएका कारण विश्वको ध्यान कतारतर्फ केन्द्रित भएको जनाउँदै विश्वकपलाई सफल बनाउन नेपाली समुदायलाई जिम्मेवारपूर्वक सहयोग गर्न आग्रह गर्नुभएको छ।

उहाँले विज्ञप्ति मार्फत फिफा विश्वकप प्रतियोगितालाई सफल बनाउन कतारस्थित क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाले सम्पादन गर्नुपर्ने कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, नैतिकता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप सफल बनाउन आग्रह गर्नुभएको छ ।

नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्षको अवधिमा अन्तर्राष्ट्रियस्तरमा शान्ति र विकासका लागि समान धारणाहरू रहेका बातउदै दुई देशबीचको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले निरन्तर रुपमा सकारात्मक भूमिका र जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभएको छ ।

MORE FROM RADIO SUNO