विश्वकप प्रतियोगिता सुरु हुनु एक हप्ता अघि विश्वकपको ट्रफी अन्ततः कतारमा आईपुगेको छ ।
ठोस सुनको सक्कली फिफा विश्वकप ट्रफी विश्वव्यापी भ्रमण पछि कतार ल्याईएको हो। यसले ५१ देशको भ्रमण गरेको छ । कोका-कोलाद्वारा ट्रफी यात्रा यस वर्षको मे महिनामा दुबईबाट सुरु गरिएको थियो र अन्तिममा दोहा ल्याउनु अघि साउदी अरेबियाको इथ्रामा रहेको थियो।
कोका-कोलामा २०२२ को विश्वकपका महाप्रबन्धक नाज्ली बर्बेरोग्लुले ट्रफीको आगमन सबैका लागि धेरै गर्वको क्षण भएको बताएका छन्।
फुटबल लिजेन्ड मार्सेल डेसाइलीले हिजो ट्रफी सार्वजनिक गरेका हुन् । उनले ट्रफी सार्वजनिक गर्दे विश्वकप नजिकिदै गर्दा आफू उत्साहित व्यक्त गरे।