फिफा विश्वकपका बेला आइतवार नोभेम्बर २० फिफा विश्वकप किक-अफ अघि थप फ्यान जोनहरू खुल्दैछन्। तर हाललाई आन्तिरक मन्त्रालय कतारले एसियन टाउनको क्रिकेट स्टेडियम, नयाँ औद्योगिक क्षेत्रको स्ट्रिट ५५ र अल खोर खेलकुद कम्प्लेक्समा तीनवटा फ्यान जोन खोल्ने निर्णय गरेको छ । यी फ्यान जोनहरूमा प्रवेश निशुल्क छ र हय्या कार्ड पनि आवश्यक छैन।
यी तीन फ्यान क्षेत्रहरू भोलि नोभेम्बर १८ देखि डिसेम्बर १८, २०२२२ सम्म पहुँचयोग्य हुनेछन्।
फिफा विश्व कप खेलहरूको स्क्रिनिङ बाहेक, एशियन टाउन र अल खोर फ्यान जोनहरूमा एशियाली र अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछन्। यी जोनहरुमा निशुल्क वाइफाइका साथै खाना र पेय पदार्थ स्ट्यान्डका साथै प्रत्यक्ष मनोरञ्जन पनि लिन सकिनेछ।
यसैबीच नयाँ औद्योगिक क्षेत्रको स्ट्रिट ५५ अवस्थित फेस्टिभल जोनमा खेलकुद प्रतियोगिता, निःशुल्क मधुमेह तथा रक्तचाप जाँच पनि हुनेछ । यो क्षेत्र भोलिदेखि साँझ ४ बजेदेखि राति १० बजेसम्म खुल्नेछ ।