विश्वकपको टिकट अवैध रुपमा बिक्री गरेको आरोपमा तीन जना पक्राउ

कतारका अधिकारीहरूले फिफा विश्वकप कतार २०२२ को लागि अनौपचारिक माध्यम मार्फत टिकटहरू पुनः बिक्री गरेको आरोपमा विभिन्न राष्ट्रियताका तीन व्यक्तिलाई पक्राउ गरेको बताएका छन्। फिफा र आयोजक राष्ट्रले स्वीकृत गरेको निर्दिष्ट आउटलेटहरू मार्फत मात्र विश्वकप टिकटहरू पुनः बेच्न सकिन्छ।

२०२१ को कानून नम्बर १० को धारा नम्बर १९ बमोजिम फिफालाई टिकट जारी गर्ने, वितरण गर्ने र बेच्ने एकमात्र र विशेष अधिकार छ र फिफाको अनुमति बिना यसलाई जारी गर्न, बिक्री गर्न अनुमति छैन।

नियम उल्लंघन गर्नेलाई दुई लाख पचास हजार रियाल सम्म जरिवाना हुनेछ । पक्राउ परेकाहरूलाई यस सम्बन्धमा अवलम्बन गरिएका प्रक्रियाहरू पूरा गर्न दक्ष अधिकारीहरूकोमा पठाइएको छ।

MORE FROM RADIO SUNO