बिग किक-अफको केही दिन मात्रै बाँकी छ । फिफा विश्वकप कतार २०२२ आयोजकले खेलहरूमा उपस्थित हुने दर्शकहरूका लागि मुख्य यात्रा जानकारी जारी गरेको छ ।
कतारका बासिन्दाहरूले खेलहरू हेर्न जाँदा निजी सवारी साधन प्रयोग गर्न आग्रह
कतारमा बस्ने र कारको पहुँच भएका व्यक्तिहरूले खेल भएको दिन आफनै सवारी साधन प्रयोग गर्न आग्रह गरेको छ। खेल हुने सबै आठ स्टेडियमहरूको पैदल दूरी भित्र पर्याप्त निशुल्क पार्किंग रहेको जानकारी गराएको छ । दोहा मेट्रो र अन्य सार्वजनिक यातायात सेवाहरू अन्तराष्ट्रिय दर्शकहरु र निजी सवारी साधन नभएकाका लागि प्राथमिकता दिन स्थानीय बासिन्दाहरूलाई प्रोत्साहित गरिएको छ ।
दोहा मेट्रो सामान्य दिन भन्दा धेरै व्यस्त हुने
दोहा मेट्रो खेल भएका दिनहरूमा केही अवधिको लागि अत्यन्त व्यस्त हुनेछ। देशभरका मेट्रो स्टेशनहरू बाहिर लामो लाइनहरू हुनेछ। फ्यानहरूले सबै मेट्रो स्टेशनहरू राती ३ बजे पछि बन्द हुने कुराका ध्यान दिनु पर्नेछ ।
स्टेडियमहरूमा पुग्न सम्बन्धित बस सेवाहरू प्रयोग गर्ने
केन्द्रीय दोहा बस हबहरू र मुख्य आवास साइटहरूबाट स्टेडियम एक्सप्रेस बस सेवाहरू उपलब्ध हुनेछ। यी बसहरुले खेल हुने स्टेडियमा चाँडो पुग्ने मार्ग प्रयोग गर्ने अपेक्षा गरिएको छ।
सार्वजनिक यातायातमा सम्भव भएसम्म धेरै सामान नबोक्ने
मेट्रो र बस सेवाहरू फ्यानहरुलाई ओसारपसारमा व्यस्त हुने अपेक्षा गरिएको हुनाले सामान भएका व्यक्तिहरूलाई ट्याक्सी वा राइडशेयर विकल्पहरू प्रयोग गर्न सल्लाह दिइएको छ। व्यस्त समयमा सामान सहित मेट्रो प्रयोग गर्न अनुमति नहुन सक्ने जानकारी गराएको छ ।