विश्वकपका बेला कतारी नागरिक, कतारी बासिन्दा बाहेक Hayya कार्ड भएका व्यक्तिहरुलाई मात्र कतार प्रवेश गर्न दिइनेछ।
योे नियम गैर-आवासीय GCC (गल्फ कोपरेशन काउन्सिल) नागरिकहरू सहित सबै देशहरूका सबै आगन्तुकहरूमा लागू हुनेछ । यो नियम कहिले देखी लागू हुन्छ र कहिले समाप्त हुन्छ भन्ने कुनै निश्चित मिति भने अहिले तोकिएको छैन् ।
यद्यपि कतारी नागरिकहरु र कतारी बासिन्दाहरु विश्वकप अवधिभर जुनसुकै बेला देश बाहिर जान र प्रवेश गर्न सक्छन् । कुनै पनि खेलको टिकट लिएका व्यक्तिहरुले Hayya कार्डको फाईदा प्राप्त गर्न सक्नेछन् र उपलब्ध आवासको सर्तमा विश्वकप अवधिभर बस्न सक्छन् । Hayya कार्डलाई बहुप्रवेश अनुमतिको रुपमा मानिन्छ, जुन २३ जनवरी, २०२३ सम्म मान्य हुन्छ।
फिफा विश्वकप कतार २०२२ को लागि एउटा छुट्टै नम्बर “२०२२” लन्च गरिएको छ । जसमार्फत कतार भित्रका मानिसहरूले कुनै घटना वा सम्बन्धित जिज्ञासाका बारेमा सोधपुछ गर्न र त्यसको जवाफ पाउन सक्छन् । हाल, यो अंग्रेजी र अरबीमा छ । केही समयपछि पाँचवटा फिफा स्वीकृत भाषाहरू पनि समावेश गरिनेछ। लन्च गरिएको अन्तर्राष्ट्रिय नम्बर ००९७४ ४४४१२०२२ हो।
श्रोत: https://www.gulf-times.com/story/722621/Residents-can-enter-exit-Qatar-during-World-Cup?fbclid=IwAR38DGkgrTKhxxO3OPtcGSGziJGTH3OWchx-OX8RgONZSL-MnLTgTgpwqwY