वागलुङ सेवा समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वागलुङ सेवा समाज, दोहा कतारको आयोजनामा वृहत रक्तदान कार्यक्रम २०२३ सम्पन्न भएको छ ।

उत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई “रक्तदान जिवनदान” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै नेपाली रक्तदाता संघ, कतारको समन्वयमा, वागलुङ सेवा समाज, कतारको आयोजनामा भएको वृहत रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्था तथा सामाजिक अभियन्ता सहित ११५ जना सहभागीहरूको उपस्थिति रहेकोमा रक्तदान गर्न योग्य ठहरिएका ५१ जनाले रक्तदान गरेका छन्।

रक्त सङ्कलन कतारको सरकारी अस्पताल हमाद अस्पतालको रक्त सङ्कलन केन्द्रमा गरिएको हो । सबै रक्तदाताहरूलाई आयोजक संस्थाको तर्फबाट प्रसंशा पत्र प्रदान गरिएको छ ।

विभिन्न सङ्घ संस्थाबाट उल्लेख्य उपस्थित जनाउनु हुने सम्पूर्ण पदाधिकारी तथा रक्तदाताहरूलाई सङ्घको तर्फबाट अध्यक्ष सन्तोष पौडेलले धन्यवाद तथा आभार प्रकट गरेका छन् । यस्तै, कार्यक्रममा उपस्थित नेपाली रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले आगामी दिनहरुमा अन्य संघसंस्थाहरुलाई पनि नेपाली रक्तदाता संघसग समन्वय गरि रक्तदान कार्यक्रम गर्नु हुन् अनुरोध गर्दै समन्वय भुमिका निर्वाह गर्न दिएकोमा बागलुङ सेवा समाज, कतारलाई धन्यवाद व्यक्त गरेका छन् ।

MORE FROM RADIO SUNO