लुसेल सुपर कपको समयमा ट्राफिक डाईभर्जन

लुसेल सुपर कपको समयमा सवारी साधनको आवागमनलाई नियमन गरिने भएको छ ।

यो सेप्टेम्बर ९ गते शुक्रबार लुसेल स्टेडियमा हुन् गईरहेको लुसेल सुपर कपलाई मध्यनजर गरेर दिउँसो ३ देखि राती १० बजेसम्म मध्य दोहामा ट्राफिक नियन्त्रण गर्न मापन गरिएको हो।

कर्निच क्लोजर कमिटीले शुक्रबार सेप्टेम्बर ९ मा हुने लुसेल सुपर कपको समयमा दोहामा उच्च स्तरको सवारी साधनको चापलाई न्युन गर्न योजना सार्वजनिक गरेको हो ।

यदि तपाईको सामान्य यातायातको नम्बर प्लेट र कालो निजी सवारी नम्बर प्लेट भएको सवारी साधन छ भने तपाईका लागि ट्राफिक डाईभर्ट हुनेछ । ए-रिङ्ग रोड, बी-रिङ्ग रोड, सी-रिङ्ग रोड, अहमद बिन अली स्ट्रीट,अल जमिया स्ट्रीट, अल खाफजी स्ट्रीट, कर्निच स्ट्रीट, अल विदा स्ट्रीट, ओनइजा र सबै छेउछाउका सडक र चौराहाहरुमा ट्राफिक डाईभर्जन देख्न सक्नुहुनेछ । तर एक मात्र सवारी साधन भएका (सामान्य यातायात नम्बर प्लेट वा निजी कालो नम्बर प्लेट) साथै मोवासलत र कतार रेलको सार्वजनिक यातायातहरू ट्राफिक डाईभर्जनमा पर्ने छैनन् । उनीहरूलाई यी सडकहरूमा पहुँच हुनेछ।

MORE FROM RADIO SUNO