कतारस्थित नेपाली राजदूतावासमा विभिन्न मितिमा आवेदन फारम बुझाएका मध्ये ३,७९१ जनाको ई-पासपोर्ट तयार भई आएको दूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।
सूचनामा नामसँगै भएको कोड नम्बर रसिदमा लेखेर पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले एक सूचना प्रकाशित गर्दै जानकारी गराएको हो । राहदानी आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३:३० बजे भित्र लिन सकिनेछ।
राहदानी तयार भएका व्यक्तिहरुको नामवाली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।