कतारमा रहेको नेपाली राजदूतावासमा ९ अगष्ट २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका २,४६८ जनाको ई-पासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।
पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिदका साथै सूचनामा नामसँगै भएको कोड रसिदमा लेखेर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले अगष्ट ३० तारिखमा एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
राहदानी तयार भएका व्यक्तिहरुको नामवाली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।