विभिन्न मितिमा आवेदन फारम बुझाएका मध्ये १,७८८ जनाको ई-पासपोर्ट तयार भई आएको बारे कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।
पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज अगष्ट २१ तारिखमा एक सूचना प्रकाशित गर्दै जानकारी गराएको हो ।
राहदानी तयार भएका व्यक्तिहरुको नामवाली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।