राहदानी आवदेकहरुलाई राहदानी लिन आउन दूतावासको आग्रह

कतारमा रहेको नेपाली राजदूतावासमा ई-पासपोर्टका लागि आवेदन दिनु भएका आवेदकहरलाई ई-पासपोर्ट लिन आउन आग्रह गरेको छ । राजदूतावासले प्रकाशन गरेको सूचीमा नाम भएका १,६४० जनाको ईपासपोर्ट तयार भई आएको कतारस्थित नेपाली राजदूतावासले आफनो आधिकारिक वेबसाइटमा सूचना जारी गरेको छ ।

पुरानो राहदानी, राजश्व तिरेको सक्कली नगद रसिदका साथै सूचनामा नामसँगै भएको कोड नम्बर रसिदमा लेखेर स्वयंम दूतावासमा उपस्थित भई आफनो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी आईतबार देखि बिहिबारसम्म विहान ७ बजे देखि १०:३० बजे सम्म वितरण गरिनेछ। ।

राहदानी तयार भएका व्यक्तिहरुको नामवली सूची यहाँ क्लिक गरेर हेर्नुहोस् ।

MORE FROM RADIO SUNO