रमादानको समयमा नौं सय भन्दा बढी खाद्य तथा उपभोग्य वस्तुहरूमा छूट

वाणिज्य तथा उद्योग मन्त्रालय कतारले रमादानको अवसरमा सयौं उपभोग्य वस्तुको मूल्य घटाएको घोषणा गरेको छ ।

प्रमुख सेल्स आउटलेटहरूसँगको समन्वयमा हिजो मार्च १२ देखि पवित्र महिना रमादानको अन्त्यसम्म ९०० भन्दा बढी वस्तुहरूमा छुट गरिएको वाणिज्य तथा उद्योग मन्त्रालय कतारले जनाएको छ ।

रमादानको समयमा परिवारलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण खाद्य तथा उपभोग्य वस्तुहरू जस्तै चामल, पिठो, चाउचाउ, दही र दुग्धजन्य पदार्थ, अन्न र मकैको फ्लेक्स, कन्डेन्स्ड मिल्क, खाना पकाउने तेल, बटर, चिज, जुस, चिनी, कफी, नुन, खजूर, बोतलको पानी, टिस्यु पेपर, डिटर्जेन्ट पाउडर, पेस्ट्री, गेडागुडी , फ्रोजन तरकारी, अण्डा, मासुका उत्पादनहरू, टमाटरको पेस्ट, चिया, घिउ, व्यक्तिगत सरसफाइका वस्तुहरू, घर सरसफाइ गर्ने सामग्रीहरु, फोहोर फाल्ने झोलाहरू र अन्य सामग्रीहरु रहेका छन् ।

छुट प्राप्त उपभोग्य वस्तुहरूको पूर्ण सूचीको लागि यहाँ क्लिक गर्नुहोस्।

MORE FROM RADIO SUNO