मोवासलात (कर्वा) ले फिफा विश्वकप कतार २०२२ को समयमा फुटबल फ्यानहरूलाइ ओसारपसार गर्न लगभग ४००० बसहरू सञ्चालन गर्ने भएको छ ।
मोवासलात (कर्वा) का जनसम्पर्क तथा सञ्चार निर्देशक खालिद कफौदले कतार रेडियोसँग कुरा गर्दै मेगा स्पोर्टिङ इभेन्टका लागि २ हजार ३ सय बस थपेको बताएका छन् । उनले समग्रमा सार्वजनिक ट्रान्जिट बसहरू सहित करिब ४००० बसहरू सञ्चालन हुने बताए । विश्वकपमा करवाले ८ सय ट्याक्सी पनि सञ्चालन हुने उनले बताए । यसबाहेक फक्स ट्रान्सपोर्टसँगको साझेदारीमा ‘करवा फक्स’ इकोनोमी सेवा अन्तर्गत भर्खरै १३०० भन्दा बढी ट्याक्सीहरू सुरु गरिएको पनि उनले बताए ।