मन्त्रिपरिषद्ले फिफा विश्वकपको समयमा काम गर्ने घण्टा तोक्यो

नोभेम्बर १ देखि डिसेम्बर १९, २०२२ सम्म सरकारी कार्यालयका २० प्रतिशत कर्मचारीले कार्यालयबाट र बाँकी ८० प्रतिशतले घरबाटै काम गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । काम गर्ने समय बिहान ७ बजे देखि ११ बजे सम्म हुनेछ।

फिफा विश्वकप कतार २०२२ को आयोजनालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो ।

सुरक्षा, सैन्य, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा भने यो नियम लागू हुने छैन् । यस्तै निजी क्षेत्रले हालकै समय अनुसार आफ्ना काम सञ्चालन गर्ने निर्णयमा उल्लेख गरेको छ ।

MORE FROM RADIO SUNO