जनस्वास्थ्य मन्त्रालयले विश्वभर र कतारमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्ने क्रम जारी रहेको र कतारको राष्ट्रिय कोभिड–१९ खोप कार्यक्रम सञ्चालन भइरहेकोले आज बुधबार जारी मन्त्रिपरिषद्को निर्णयका आधारमा केही नियमहरु अद्यावधिक गरेको छ ।
अद्यावधिक गरेको नियमहरू मंगलबार, नोभेम्बर १, २०२२ देखी लागू हुनेछ । अद्यावधिक नियमहरु निम्नानुसार छन् :
कतारमा स्वास्थ्य संस्थामा प्रवेश गर्दा व्यक्तिहरूले एहतराज एप्लिकेशनमा स्वास्थ्य स्थिति अनिवार्य देखाउनुपर्ने ।
कतारका नागरिक र बासिन्दाहरूले कतार आइपुगेको २४ घन्टाभित्र र्यापिड एन्टिजन टेस्ट वा पीसीआर परीक्षण गराउन नपर्ने ।
कतार यात्रा गर्नु अघि यात्रुहरूले अब कोभिड-१९ को पीसीआर वा र्यापिड एन्टिजन टेस्टको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने।
मन्त्रालयले सबै कतारी नागरिक, कतारी बासिन्दा र यात्रुहरूलाई संक्रमणको जोखिम कम गर्न सावधानीका उपायहरू अवलम्बन गर्नुपर्ने । यसमा कोभिड-१९ विरुद्ध पूर्ण रूपमा खोप लगाउनु पर्ने, नियमित हात सफा राख्ने, यदि कोभिड-१९ को लक्षणहरू देखिए स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै परीक्षण गर्नुपर्ने रहेको छ ।
यात्रुहरूलाई सबै नयाँ नीति सम्बन्धिका अपडेटहरु थाहा पाईराख्न कोभिड-१९ यात्रा र फिर्ता नीति वेबसाइट चेक गरिराख्न भनिएको छ।