आन्तिरक मन्त्रालय कतारले नोभेम्बर १ अघि कुनै पनि प्रकारको भिजिट भिसा लिएर कतार प्रवेश गरेका यात्रुले फ्यान भिसामा भिसा परिवर्तन गर्ने विकल्प उपलब्ध गराएको छ।
यो फिफा विश्वकप कतार २०२२ मा सहभागी हुन चाहने र हय्या कार्ड भएका यात्रुका लागि हो ।
आन्तिरक मन्त्रालयले एक विज्ञप्ति मार्फत भिजिटरहरूले राहदानी महानिर्देशनालय र आन्तिरक मन्त्रालयका सेवा केन्द्रहरूमा गएर ५०० कतारी रियाल सेवा शुल्क तिरेर आफ्नो भिसा परिवर्तन गर्न सक्ने जनाएको छ।
मन्त्रालयले यो भिसाको अवधी जनवरी २३, २०२३ सम्म रहने जनाएको छ।