आन्तिरक मामिला मन्त्रालयले नोभेम्बर १, २०२२ देखि हवाई, स्थल र सामुद्रिक सिमानाबाट भिजिट भिसामा आउने यात्रुका लागि कतार प्रवेश गर्न निषेध रहेको एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
भिजिट भिसा प्रवेश डिसेम्बर २३, २०२२ देखि सुचारु हुनेछ।
मन्त्रालयले हय्या कार्डधारकहरूलाई मात्र यस समयमा कतारमा प्रवेश अनुमति दिइएको छ, जसले उनीहरूलाई जनवरी २३, २०२३ सम्म देशमा बस्न अनुमति दिनेछ।
यसबाहेक कतारी नागरिक, कतारी आईडी भएका यात्रु, वर्क परमिट अनुमति पाएका नयाँ कामदार र कतार सरकारको आधिकारिक स्वीकृतिमा एयरपोर्ट मार्फत मानवीय केसहरूले पनि यो समयावधिमा कतार प्रवेश गर्न पाउनेछन् ।