दोहाको अल बिद्दा पार्कमा फिफा फ्यान फेस्टिभलको ढोका आयोजक कतार र इक्वेडरबीच फिफा विश्वकप २०२२ को पहिलो खेल हुनुभन्दा एक दिनअघि शनिबार, नोभेम्बर १९ मा खुल्नेछ।
नोभेम्बर १९ मा फिफा र आयोजक देशका प्रतिनिधिहरू फिफा लिजेन्ड र फिफा विश्वकप २०२२ विजेता ट्रफीसहित आधिकारिक उद्घाटनमा सहभागी हुनेछन्। गेट साझ ४ मा खुल्नेछ र उद्घाटन कर्निशमा ‘वेलकम टु कतार’ समारोहको प्रत्यक्ष प्रसारणको साथ साझ ७ बजे सुरु हुनेछ।
त्यसपछि लेबनानी गायक मिरियम फारेस र कोलम्बियाली स्टार मालुमाले आधिकारिक फिफा फ्यान फेस्टिवल गान “टुकोह टाका”को प्रस्तुतिको साथ लाइभ स्टेज खोल्नेछन् जुन शुक्रबार रिलिज हुनेछ।