फिफाले फिफा कानूनी पुस्तिका-संस्करण सेप्टेम्बर २०२२ प्रकाशित गरेको छ । जसमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकप कतार २०२२ को नियमहरू समावेश छन्। २०२२ को कानूनी पुस्तिकामा विश्व कप नियमहरू, फिफा विधानको हालको संस्करण, खेलाडीको स्थिति र स्थानान्तरण नियमहरू, फुटबल कोर्टलाई सञ्चालन गर्ने प्रक्रियात्मक नियमहरू साथै नवीनतम नियमहरू, परिपत्रहरू, र कानुनी कागजातहरूको समीक्षा समेटिएको छ ।
फिफाले यसअघि २०२० र २०२१ मा आफ्नो कानुनी पुस्तिकाहरू प्रकाशित गरिसकेको छ। त्यसैले, यस वर्षको संस्करणले फुटबल संस्था र खेलहरूमा लागू हुने नियम र कानुनहरूमा गरिएका नयाँ परिवर्तनहरू र संशोधनहरूलाई समेटेको छ। फिफा कानूनी गाइड legal.fifa.com मा उपलब्ध छ।