पुनः मर्मतपछि नोभेम्बर १ देखि आठ समुद्र तटहरु पुनः खोलिदै

फिफा विश्वकप कतार २०२२ का दर्शकहरूलाई स्वागत गर्न नगरपालिका मन्त्रालयले पुनः मर्मत पछि नोभेम्बर १ देखि आठ समुद्री तटहरू पुनः खोल्ने भएको छ ।

पुनः मर्मत समुद्र तटहरूमा सीलाईन पब्लिक बीईच, अल वाक्रा पब्लिक बीच, अल वाक्रा फेमली बीच, सिमाइस्मा फेमली बीच, अल फरकिया बीच, सफा अल त्वाक बीच, अल घरिया बीच र अल खराईज बीच रहेको छ।

नगरपालिका मन्त्रालयका परियोजना र विकास विभागका निर्देशक ईञ्जिनियर सुलेमान अल अब्दुल्लाले पर्यटकहरुलाई आवश्यक सेवाहरू प्रदान गर्न पुनः मर्मतका लागि १८ समुद्री तटहरूमा काम गरिरहेको र पहिलो चरणमा ती मध्ये आठ फिफा विश्वकप अघि नोभेम्बर १ मा पुनः खोलिने बताए ।



MORE FROM RADIO SUNO