फिफा विश्वकप कतार २०२२ को बेला हुने भिडभाडलाई कम गर्न नोभेम्बर १ देखि डिसेम्बर १९ सम्म कर्निश र कर्निश जोड्ने सडकहरू पैदलयात्रीका लागि मात्र हुनेछ ।
सार्वजनिक यातायात दोहा मेट्रो र बस प्रयोग गरी मध्य दोहामा जान सकिनेछ। फरक क्षमता भएका व्यक्ति अर्थात् अशक्त व्यक्तिका लागि भने त्यहाँ ट्याक्सी, राईड शेयर, ड्रप अफ क्षेत्रहरू साथै पहुँचयोग्य पार्किङ हुनेछ।
मध्य दोहामा अपाङ्गता भएका व्यक्तिहरूका लागि चार पहुँचयोग्य कार पार्कहरू उपलब्ध हुनेछन् । होटल पार्क, हुलाक कार्यालय, अल बिद्दा पार्क (कार पार्क ५) र दोहा पोर्ट।
प्रतियोगिता सञ्चालनका लागि प्रयोग गरिने तर नोभेम्बर १ देखि डिसेम्बर १९ सम्म यात्रुहरुले प्रयोग गर्न नपाउने पार्किङ क्षेत्रहरू सुक वाकिफ पश्चिम र उत्तर क्षेत्र साथै अल शौयुख मस्जिद हुन्। यी पार्किङ क्षेत्रहरूमा अल बिद्दा ५ (अल रयान स्ट्रिट), अल बिद्दा ४ र ५ (अल कर्निश स्ट्रिट) र अल बिद्दा १ र २ (अल इस्तिकलाल स्ट्रिट) पनि समावेश रहेका छन्। यस्का साथै वेस्ट बे, अल बिद्दा र फर्स्ट रिङ रोडका क्षेत्रहरूमा धेरै अन स्ट्रिट पार्किङ निषेध हुनेछ ।
निजी कारहरूको लागि यात्रु चढाउने र ओराल्ने क्षेत्र इमाम मुहम्मद बिन अब्दुल वहाब मस्जिद (अल इस्तिकलाल स्ट्रीट) मा प्रदान गरिएको छ। यहाँबाट फिफा फ्यान फेस्टिभल पुग्न १५ मिनेट पैदल र कर्निश पुग्न २० मिनेट पैदल लाग्नेछ।
यात्रु र सडक प्रयोगकर्ताहरूको सुरक्षाको लागि फिफा फ्यान फेस्टिभल वरपरका सडकहरूमा यात्रुहरू उतार्न र बोक्न अनुमति दिइने छैन । नियम उल्लंघन गर्ने चालकहरूलाई जरिवाना लिईनेछ ।
फिफा विश्वकपका समयमा दोहा मेट्रो सेवाहरू नोभेम्बर ११ देखि डिसेम्बर २० सम्म लामो समयसम्म चल्नेछ र हय्या कार्ड भएका यात्रुहरूलाई निःशुल्क हुनेछ।
खेल सञ्चालन हुने समय शनिबारदेखि बिहीबार बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।