नोभेम्बर १ देखि एहतराज एप्लिकेशन स्वास्थ्य संस्थाहरूमा मात्र आवश्यक

आज अक्टोबर २६ मा अमिरी दिवानमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीले एहतराज एप्लिकेशनको सम्बन्धमा यस अघिको निर्णयलाई परिमार्जन गर्दै स्वास्थ्य संस्थामा प्रवेश गर्दा मात्र अनिवार्य बनाएको जानकारी गराएका छन्।

सन् २०२२ मे १८ मा बसेको १९औं साधारण बैठकले जारी गरेको घरबाट बाहिर निस्कँदा एहतराज एप्लिकेशन अनिवार्य रूपमा सक्रिय गर्ने र प्रमाणीकरण गर्ने सम्बन्धको निर्णयलाई परिमार्जन गर्दै स्वास्थ्य संस्थामा प्रवेश गर्दा मात्र एहतराजमा ग्रीन कोड अनिवार्य भएको हुनुपर्ने भनिएको छ।

तर अस्पतालहरूमा जाँदा मास्क अनिवार्य लगाउनुपर्ने नियम यथावतनै रहेकोे छ । त्यस्तै बन्द सार्वजनिक स्थानमा काम गर्ने कामदारले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम पनि यथावतनै रहेको छ ।

यो निर्णय अर्को सूचना नभएसम्मका लागि मङ्गलबार नोभेम्बर १, २०२२ देखि लागू हुने मन्त्रालयले जनाएको छ।




MORE FROM RADIO SUNO