फिफा विश्वकप कतार २०२२ लाई मध्यनजर गर्दै कतार रेलले नौ दोहा मेट्रो स्टेशनहरूमा ३५ थप गेटहरू जडान गरेको छ। यी गेटहरु स्टेडियम र फ्यान मनोरन्जन क्षेत्रहरूसँग जोडिएका नौ मेट्रो स्टेशनहरूमा जोडिएका छन् ।
दोहा मेट्रो र लुसेल ट्रामले नोभेम्बर १०, २०२२ देखि डिसेम्बर २३, २०२२ सम्म हया कार्ड भएकाहरूले मेट्रो सेवा निःशुल्क प्रयोग गर्न सक्ने बताएका छन्।






