हमाद र दोहा अन्तराष्ट्रिय विमानस्थलको गेटमा आज नोभेम्बर १ गतेदेखि यात्रु ओराल्न र चढाउन नपाउने भएको छ ।
यो फिफा विश्वकप कतार २०२२ को समयमा सबै यात्रुहरुको सुरक्षा सुनिश्चित गर्न गरिएको विमानस्थलबाट जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति अनुसार मोवासलातको लिमोजिन र ट्याक्सीहरू, स्वीकृत प्राप्त अशक्त भएका व्यक्तिहरू, कतार एयरवेजको फर्स्ट र बिजिनेस क्लासका यात्रु ओसारपसार गर्ने सवारी साधनहरू र एयरपोर्ट बस शटलहरू रहेको छ।
निजी सवारी साधनहरूले भने विमानस्थलको कार पार्कमा मात्र यात्रुहरूलाई पिक एण्ड ड्रप गर्न सक्नेछन् ।
विमानस्थलमा पार्किङ शुल्क यस प्रकार छ:
हमाद विमानस्थलमा छोटो समयका लागि कार पार्किङ प्रति ३० मिनेटको २५ कतारी रियाल । त्यसपछि प्रति १५ मिनेटको १०० रियाल रहेको छ ।
हमाद विमानस्थलमा लामो समयका लागि कार पार्किङ प्रति ६० मिनेटको २५ रियाल । त्यसपछि प्रति १५ मिनेटको १०० रियाल रहेको छ ।
दोहा विमानस्थलमा आगमन कार पार्कको प्रति ३० मिनेटको २५ रियाल । त्यसपछि प्रति १५ मिनेटको १०० रियाल रहेको छ ।