नेपालबाट कतार यात्रा गर्दै हुनुहुन्छ? कतार प्रवेश गर्दा पालना गर्नुपर्ने मापदण्डहरु:

जनस्वास्थ्य मन्त्रालय, कतारको कतार यात्रा र फिर्ता नीति अनुसार यात्रुहरुले कतार प्रवेश गर्दा विभिन्न मापदण्डहरु पालना गर्नुपर्ने हुन्छ । नेपालबाट कतार यात्रा गर्दा पालना गर्नुपर्ने मापदण्डहरु निम्नबमोजिम छ:

कतारका बासिन्दा (residents) को हकमा:

मान्यताप्राप्त खोपको पूर्ण मात्रा लगाएका/ कोभिड संक्रमण भई निको भएका व्यक्तिहरुकाे हकमा,

  • यात्रा गर्नु अघि COVID-19 पिसिआर परिक्षण गर्न नपर्ने ।
  • कतार प्रवेश गरेपछि क्वारेन्टिन बस्न नपर्ने।
  • कतार प्रवेश गरेको २४ घण्टा भित्र र्यापिड एन्टिजन टेस्ट (Rapid Antigen Test) गर्नपर्ने।

मान्यताप्राप्त खोपको पूर्ण मात्रा नलगाएका/नन इम्युन व्यक्तिहरूकाे हकमा,

  • कतार प्रस्थान गर्ने समयको ४८ घण्टाभित्रको पिसिआर परिक्षणको नेगेटिभ (Negative) रिपोर्ट साथमा हुनुपर्ने ।
  • ५ दिन होटेल क्वारेन्टिन बस्नुपर्ने ।
  • होटेल क्वारेन्टिनको ५ दिनमा र्यापिड एन्टिजेन टेस्ट(Rapid Antigen Test) गर्नुपर्ने ।

यात्रुहरु (भिजिटर्स) को हकमा: पहिलो पटक कतार आउदै गरेका व्यक्तिहरु; बैदेशिक रोजगारका लागि होस् या व्यक्तिगत कारणले आउदै गरेका व्यक्तिहरु ।

मान्यताप्राप्त खोपको पूर्ण मात्रा लगाएका/ कोभिड संक्रमण भई निको भएका व्यक्तिहरुकाे हकमा,

  • कतार प्रस्थान गर्ने समयको ४८ घण्टाभित्रको पिसिआर परिक्षणको नेगेटिभ (Negative) रिपोर्ट साथमा हुनुपर्ने ।
  • १ दिन होटल क्वारेन्टिन बस्नुपर्ने ।
  • होटल क्वारेन्टिनको पहिलो दिनमा र्यापिड एन्टिजेन टेस्ट गर्नुपर्ने ।

खोप नलगाएका/नन इम्युन व्यक्तिहरुकाे हकमा,

  • प्रवेश निषेध

कतारका जनस्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त खोपहरु:

स्वीकृत खोपसशर्त स्वीकृत खोप
Pfizer / BioNTech (Comirnaty)Sinopharm
Moderna (SpikeVax)Sinovac
​AstraZeneca (Covishield / Oxford / Vaxzevria)Sputnik V
Jansen / Johnson & Johnson (only one dose)​​Covaxin​  
  • कतारबाहिर खोप लगाएका यात्रुहरुले खोप लगाएको सक्कल प्रमाणपत्र (अरेबिक वा अंग्रेजी भाषामा) पेश गर्नुपर्ने।

मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका (Fully Vaccinated) भन्नाले

  • Pfizer, Moderna, Astra Zenica खोपको दोस्रो मात्रा लगाएको १४ दिनपश्चात् ९ महिना अवधिसम्मलाई मान्य ।
  • Pfizer, Moderna, Astra Zenica खोपको बुस्टर डोज लगाएपश्चात १२ महिना अवधिसम्मलाई मान्य ।
  • Jansen/Johnson & Johnson को हकमा पहिलो मात्रा लगाएको १४ दिनपश्चात् ९ महिना अवधिसम्मलाई मान्य ।
  • Jansen/Johnson & Johnson को बुस्टर डोज लगाएको ७ दिनपश्चात् १२ महिना अवधिसम्मलाई मान्य ।
  • सर्शत स्वीकृत खोपको दोस्रो मात्रा वा बुस्टर डोज लगाएको १४ दिनपश्चात् ६ महिना अवधिसम्मलाई मान्य हुन्छ । तर सर्शत स्वीकृत खोप लगाएका यात्रुले यात्रा समयअघि बढीमा ३० दिनभित्रको Positive Serology Antibody Test भएको ल्याव रिपोर्ट पेश गर्नुपर्ने हुन्छ । Serology Antibody Test नगरेमा वा रिपोर्ट नेगेटिभ आएमा कतार प्रवेश गरेपछि ५ दिन क्वारेन्टिन बस्नुपर्ने हुन्छ। जनस्वास्थ्य मन्त्रालयले अनुमोदित गरेको खोपको बुस्टर डोज लगाएकाहरुको immune status बुस्टर डोज लगाएको १४ दिनपश्चात् १२ महिना अवधिसम्मलाई विस्तार गरिएको छ र त्यस्ता व्यक्तिले Serology Antibody test गर्नुपर्दैन ।

कोभिड १९ संक्रमण भई निको भएका भन्नाले कोभिड १९ संक्रमण भएको प्रमाणित भएको समयबाट १२ महिना अवधिसम्मलाई बुझिन्छ । विगतमा संक्रमण भएर निको भएको आधिकारिक र प्रमाणित गरिएको प्रयोगशाला परिक्षणको रिपोर्ट हुनुपर्छ ।

* कतार यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले आफनो मोबाइलमा Ehteraz एप डाउनलोड गर्नुपर्ने ।

विस्तृत जानकारी कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइटको लिंकबाट प्राप्त गर्न सकिनेछ ।

नोटः यो मापदण्ड बुधबार, १६ मार्च २०२२ (वि.स.२०७८ चैत्र ०२) साँझ ७ बजेदेखि लागू भएको हो ।

MORE FROM RADIO SUNO