दोहा मेट्रोले नोभेम्बर ११, २०२२ देखि मेट्रोमा रहेका सबै कक्षलाई स्ट्यान्डर्ड कक्षमा परिवर्तन गर्ने भएको छ ।
गोल्ड र परिवार कक्ष डिसेम्बर २२, २०२२ सम्म हटाउने भएको हो। यो फिफा विश्वकप कतार २०२२ को समयमा ट्रेन क्षमता वृद्धि गर्नको लागी गरिएको हो।
३७ मेट्रो स्टेशनहरू, ७ ट्राम स्टेशनहरू र सम्पूर्ण मेट्रो ट्रेन र ट्रामहरूको फ्लीटहरू शुक्रवार बाहेक हप्ताभरि बिहान ६ बजेदेखि बिहान ३ बजेसम्म सञ्चालन हुनेछ भने शुक्रबार बिहान ९ बजेबाट सुरु हुनेछ।