दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ एयरलाइन्स सञ्चालन हुने

सेप्टेम्बर १५ अर्थात् भोली देखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स सहित १३ वटा एयरलाइन्स दोहा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत उडान र अवतरण हुने भएका छन् ।

यो सेप्टेम्बर १५ देखि डिसेम्बर ३० सम्मका लागि हो । फिफा विश्वकपका बेला हुने यात्रुको चाप र हवाई ट्राफिक व्यवस्थापन गर्न यसो गरिएको हो ।

विमानस्थलको प्रस्थान र आगमन टर्मिनल दुबैमा कार पार्किङ सुविधा उपलब्ध हुनेछ तर पार्किङ शुल्क भने लाग्ने बताईएको छ । हमाद अन्तर्राष्ट्रिय विमानस्थलले निकालेको विज्ञप्तिमा सिम कार्ड पसल, प्रार्थना हल, उच्च स्पीड वाइफाइ, एटीएम र विदेशी मुद्रा साट्ने लगायतको सेवाहरू उपलब्ध हुने भनिएको छ।

कार पार्किङ शुल्क निम्नानुसार छ:

  • प्रति घण्टा १० रियाल (५ घण्टा सम्म)
  • ५ घण्टा पछि २४ घण्टा सम्म प्रति घण्टा ५ रियाल 
  • २४ घण्टा पछि १४५ रियाल
  • भुक्तानी नगद वा कार्डद्वारा गर्न सकिने

दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान:

  • दोहा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल दोहा शहरको पुरानो एयरपोर्ट क्षेत्रमा रहेको डी रिङ्ग रोड र अल मतर स्ट्रिटको जंक्शनमा अवस्थित छ।
  • प्रस्थान टर्मिनलले प्रति घण्टा २००० प्रस्थान यात्रुहरू ह्यान्डल गर्ने गरी डिजाइन गरिएको छ। यसमा ८३ चेक-इन डेस्क, ५२ प्रस्थान अध्यागमन काउन्टर र २२ प्रस्थान बोर्डिङ गेटहरू छन्।
  • टर्मिनल भवनमा टिकट भएका यात्रुहरू मात्र प्रवेश गर्न पाउनेछन् ।
  • विमानस्थल भवनको ६ सय मिटर नजिकै रेड लाइनको अल मातर अल कादी मेट्रो स्टेशन रहेको छ।
  • यात्रुहरूले टर्मिनल भित्र रहेको ओरिडो र भोडाफोनको बुथहरूमा सिम कार्डहरू खरिद गर्न सक्छन् ।

दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन:

  • दोहा अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टर्मिनल दोहा शहरको सी रिङ रोडमा रास अबु अबाउदमा अवस्थित छ।
  • आगमन टर्मिनलले पनि प्रति घण्टा २००० आगमन यात्रुहरू ह्यान्डल गर्ने गरि डिजाइन गरिएको छ। यसमा ५२ आगमन अध्यागमन काउन्टरहरू छन्।
  • आगमन टर्मिनलमा यात्रु पिकअप सुविधा उपलब्ध छ।
  • भवनको ८०० मिटर नजिकै नेशनल म्युजियम मेट्रो स्टेशन रहेको छ । मेट्रोको साथै बस, लिमोजिन, ट्याक्सी र भाडाका सवारी पनि उपलब्ध हुनेछ ।

MORE FROM RADIO SUNO