विश्वकप २०२२ को तयारीका लागि दोहा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि प्रतियोगिताका लागि शटल उडान सञ्चालन गर्ने एयरलाइन्सका लागि खुला हुने भएको छ ।
लुसेल सुपर कपको लागि दोहा कायरो, कायरो दोहा आउने जाने कतार एयरवेजको शटल उडानहरू हमाद इन्टरनेशनल एयरपोर्ट मार्फत नभएर दोहा इन्टरनेशनल एयरपोर्ट (DIA) बाट सञ्चालन हुने कतार एयरवेजले आफ्नो यात्राका क्रममा भनेको छ।
यसैबीच जजीरा एयरवेज, एयर अरेबिया र फ्लाई दुबईको बुकिङले सेप्टेम्बर १५ देखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा फुटबल फ्यानसहितका उडानहरू अवतरण गर्ने देखाएको छ।
श्राेत : The Peninsula