नेपालीहरुको महान पर्व तिहारको रौनक देश तथा विदेशमा छाईसकेको छ । तिहार पर्व ५ दिनसम्म मनाउने गरिन्छ । झिलि र मिलि अनि फुलहरुको पर्व भनेर पनि चिनिने यो पर्वले बर्षौ टाढा भएका दाजुभाई तथा दिदिबहिनीहरुलाई भेट गराउने एउटा अवसर जुटाईदिन्छ । तर समय र परिस्थिति बदलिएको छ । वर्तमान परिस्थितिमा कति बाध्यता र परिस्थितिले गर्दा कैयौ नेपाली दाजुभाई तथा दिदिबहिनीहरु टाढीएका छौ । फेरि पनि यस चाडले बालापन सम्झाईदिएको छ यसैगरि गाउँघर अनि साथीसंगी सम्झाईदिएको छ ।
साच्चिकै देउसी भैलो अनि मादलुको तालमा नाचेको अनि सेलरोटी खादै स्वदेशमा परिवारसँग समय बिताएको मिठो पलको सम्झना त सबैलाई आउछ । तर स्वदेशमा मात्र नभएर आजभोली विदेशमै पनि नेपालीहरुले आफ्नो चाडपर्व घरदेश जस्तै गरि मनाउने प्रचलन आएको छ । दाजुभाई तथा दिदिबहिनीहरु बीचको आत्मिय सम्बन्धलाई थप गाढा बनाउने यस चाडलाई जुन ठाउँमा भएपनि नेपालको झझल्को दिने गरि मनाउन थालेका छन् । साच्चिकै नेपालमै गएर देउसी भैलो खेल्न नपाए पनि परदेशमा रही तिहारको झिलिमिली, सप्तरंगी टिका एवं मिठा परिकारको स्वाद लिदै एक आपसमा यो चाड मनाएको पाईन्छ ।
आजको दिनसम्म आईपुग्दा नेपालमा मात्र नभएर अन्य देश तथा विदेशमा जहाँ नेपाली त्यहाँ नेपालको सँस्कृति र परम्परा झल्किएको पाईन्छ । नेपाललाई माया गर्ने अनि सम्झने मनहरु साथै देश विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीलाई तिहारको यो शुभ अवसरमा सुस्वास्थ्य दिर्घायु एवं उतरोत्तर प्रगतिको कामना गर्दछौ ।