तीन महिनाभन्दा बढी समयदेखि जफत गरिएका सवारी साधनका मालिकहरूले बुधबार, अगस्ट १७, २०२२ देखि लागू हुने गरी प्रक्रिया पूरा गरेर ३० दिनभित्र फिर्ता लिन औद्योगिक क्षेत्र – सडक नम्बर ५२ मा रहेको ट्राफिक अनुसन्धान शाखामा सम्पर्क गर्न ट्राफिक महानिर्देशनालय, कतारले सूचित गरेको छ ।
तोकिएको अवधिभित्र जफत गरिएका सवारीका धनी नभेटिएमा ट्राफिक महानिर्देशनालयले कानुनी अवधि पूरा गरेका सवारीसाधनलाई ट्राफिक अभिलेखबाट खारेज गरी सार्वजनिक लिलामीमा बिक्रीका लागि प्रदर्शन गर्नेछ ।