घरेलु कामदारका रोजगारदाता विरुद्ध ९० भन्दा बढी उजुरी

गत महिना घरेलु कामदारका रोजगारदाता विरुद्ध ९० भन्दा बढी उजुरी परेको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयले अगष्ट महिनामा ११७ उजुरी प्राप्त भएकोमा ९६ सुल्झाइएको, ११ प्रकृयामा रहेको र १० सम्बन्धित समितिमा पठाएको जानकारी दिएको छ ।

श्रम मन्त्रालयले कामको समयमा गर्मीको तनावबाट हुने खतराबारे सचेतना अभियान सञ्चालन गर्दै आएको छ । श्रम मन्त्रालयले खुला बाहिरी कार्यस्थल र उपयुक्त भेन्टिलेसन नभएको छायादार ठाउँहरूमा गरिने कामका लागि बिहान १० बजेपछि दिउँसो ३:३० बजेसम्म काम गर्न निषेध गरेको छ । यो नियम जुन १, २०२२ देखि सेप्टेम्बर १५, २०२२ सम्मका लागि हो ।

MORE FROM RADIO SUNO